सत्र लाख ३० हजार बराबरका मोटरसाइकल बरामद

अत्तरिया । प्रहरीले कैलालीका विभिन्न स्थानबाट रु १७ लाख ३० हजार बराबरका १५ वटा मोटरसाइकल बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक योगेन्द्र तिमिल्सिनाका अनुसार आज भजनी र लम्कीचुहा नगरपालिकाका विभिन्न स्थानबाट उक्त मोटरसाइकल बरामद गरिएको हो ।

इलाका प्रहरी कार्यालय भजनी र इलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरी टोलीले चोरी गरिएका तथा बेवारिसे अवस्थाका सो मोटरसाइकल बरामद गरेको उनले जानकारी दिए ।

बरामद गरिएका मोटरसाइकल आवश्यक कारबाहीका लागि टीकापुरस्थित सत्ती भन्सार कार्यालयमा बुझाइएको उनले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × three =