अवैध लागुऔषधसहित विभिन्न स्थानबाट २७ जना पक्राउ

काठमाडौँ । प्रहरीले अवैध लागुऔषधसहित मुलुकका विभिन्न स्थानबाट २७ जनालाई पक्राउ गरेको छ । प्रहरीले शनिबार र आज काठमाडौँ, झापा, मोरङ, सिराहा, बर्दिया, कञ्चनपुर, कैलाली, नवलपरासी (पश्चिम), कास्की, बाँके र सुर्खेतबाट गरी २७ जनालाई पक्राउ गरेको हो ।

काठमाडौँको गोकर्णेश्वर नगरपालिका–१ सुन्दरीजलबाट अवैध लागुऔषध गाँजा करिब ३० किलोसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । साथै प्रहरीले पक्राउ परेकाहरूले प्रयोग गरेको बा८३ प ४३७७ नम्बरको मोटरसाइकलसमेत बरामद गरेको छ ।

त्यस्तै, झापाको मेचीनगर नगरपालिका–६ बाट एक, भद्रपुर नगरपालिका–५ बाट एक, मेचीनगर नगरपालिका–६ पुरानो मेचीपुलबाट एक, बिर्तामोड नगरपालिका–१ बाट दुई जना पक्राउ परेका नेपाल प्रहरीको प्रधान कार्यालयले जनाएको छ ।

मोरङको कानेपोखरी गाउँपालिका–२ बाट एक र रतुवामाई नगरपालिका–८ कुखरेडाँडाबाट एक, सिराहाको धनगढीमाई नगरपालिका–१० जिरोमाईलबाट एक, बर्दियाको गुलरिया नगरपालिका–११ गणेशपुर गाउँबाट दुई र गुलरिया नगरपालिका–११ बाट एक, कञ्चनपुरको बेदकोट नगरपालिका–८ गैलनदीबाट अवैध लागुऔषध चरेस जस्तो देखिने पदार्थसहित एक जना पक्राउ परेका छन् ।

त्यस्तै, कैलालीको धनगढी उपमहानगरपालिका–७ मनेहरा चोकबाट दुई, गोदावरी नगरपालिका–१ महेन्द्रनगर रोडबाट एक, धनगढी उपमहानगरपालिका–७ मोतिचोकबाट एक, लम्कीचुहा नगरपालिका–७ खरौलाबाट एक जना पक्राउ परेका प्रहरीले जनाएको छ ।

नवलपरासी पश्चिमको पाल्हीनन्दन गाउँपालिका–५ गेर्मीबाट नियन्त्रित लागुऔषध डाइजेपाम १९८ एम्पुल, फेनारगन १९७ एम्पुल र बुप्रेनोर्फिन १९९ एम्पुलसहित भारत उत्तर प्रदेश महाराजगञ्ज बरगदवा पिपरा बस्ने ३३ वर्षीय सबरे आलमसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको युपी ५६ एक्स १२१० नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागुऔषधसहित फेला पारी पक्राउ गरेको हो ।

कास्कीको पोखरा महानगरपालिका–१७ छोरेपाटनबाट दुई, बाँकेको नेपालगन्ज उपमहानगरपालिका–१५ बाट एक र सुर्खेतको भेरीगङ्गा नगरपालिका–१२ राजीगाउँबाट तीन जनालाई इलाका प्रहरी कार्यालय छिन्चुबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − twelve =