काठमाडौँमा मेट्रो रेलको विकल्प छैन : चिरिबाबु महर्जन

काठमाडौँ। ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले काठमाडौँमा मेट्रो रेलको विकल्प नभएको बताएका छन् ।
शनिबार ललितपुर महानगरपालिकाको १०४ औं स्थापना दिवसका अवसरमा उनले मेट्रो रेल धेरै महंगो छ भनेर पछि हट्न नहुने पनि धारणा राखे । अब पनि मोटरसाइकलको बिक्री बढाएर उपत्यकामा ट्राफिक जाम बढाउनु भन्दा मेट्रो रेल सञ्चालनका लागि आवश्यक तयारी थाल्नुपर्ने उनको भनाइ छ ।

‘काठमाडौँ पत्यकामा अब मेट्रो रेलको विकल्प छँदै छैन । आज निर्णय गर्नसक्यौं भने अर्को १० देखि १५ वर्षसम्ममा त्यो सकिन्छ । मेट्रो ज्यादै महंगो छ रे भन्ने सुन्ने गरेको छु । सस्तो के छ त रु अबको १५ वर्षपछि काठमाडौं उपत्यका भित्रको जनसंख्या ६० लाख पुग्छ । यसको विकल्प के त यही मोटरसाइकल ल्याउने ’ मेयर महर्जनले भने ।

मेट्रो रेलको विकल्प मोेटरसाइकल किमार्थ हुन नसक्ने दाबी गर्दै उनले महंगो भयो भनेर मेट्रोको योजना नबनाउनु उचित नहुने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *