सुर्खेतको बुलबुले तालमा बृहत सरसफाई

सुर्खेत । बुलबुले तालको सरसफाई गरिएको छ । शनिबार सुर्खेत उपत्यका नगर विकास समिती र वीरेन्द्रनगर नगरपालिकाको आयोजना तथा विभिन्न संघ संस्थाको समन्वयमा बृहत सरसफाई गरिएको हो ।

सुर्खेतको प्रमुख पर्यटकीय गन्तव्य रहेको बुलबुले ताल तथा बुलबुले उद्यान परिसर पछिल्लो समय विकास निमार्ण लगायतका कारण कुरुप बन्दै गएको छ । वीरेन्द्रनगर नगरपालिकामा रहेको बुलबुले ताल कर्णाली प्रदेशकै गौरवको पर्यटकीय गन्तव्य भएकोले यसलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न तालको सरसफाई र यसलाई सुन्दर राख्न सबै लाग्नुपर्ने वीरेन्द्रनगर नगरपालिकाका नगरप्रमुख मोहनमाया ढकालले बताइन्। नगरका पर्यटकीय क्षेत्रलाई सफा र सुन्दर राख्न सबैलाई आव्हान गर्दै नगर प्रमुख ढकालले नगरपालिकाबाट पनि यस्ता कार्यक्रममा महत्वपूर्ण सहयोग गर्ने बताइन् ।

सुर्खेत–२९१० का प्रदेश सभा सदस्य यामलाल कंडेलले बुलबुले तालको सरसर्फामा निरन्तर लागिरहेको बताउँदै, ताललाई रमणिय र हेर्न लायक बनाउन नयाँ योजनाका साथ अगाडि बढ्नुपर्ने बताए ।

कार्यक्रममा बोल्दै सुर्खेत उद्योग बाणिज्य संघका अध्यक्ष लक्ष्मण कंडेलले बुलबुले ताल सफा राख्नु हामी सबैको कर्तव्य भएकोले यसको सरसफाईमा सबै लाग्नुपर्ने बताए । यस्तै सुर्खेत उद्योग बाणिज्य संघका महासचिव भद्र भण्डारीले उद्योग बाणिज्य संघल सुर्खेतलाई सफा र हरियाली सहर बनाउन लागि परेको बताउँदै बुलबुले ताल सुर्खेतको पहिचानसँग जोडिएको हुनाले यसलाई सफा राख्न सबैले आ–आफ्नो स्थानबाट सहयोग गर्नुपर्ने बताए ।

कार्यक्रममा सुर्खेतका प्रमुख जिल्ला अधिकारी, जिल्ला समन्वय समितीका प्रमुख तथा प्रतिनिधि, रक्तकाली गण सुर्खेतका गणपती, नयाँ सबुज गणका गणपती, सुरक्षा निकायका प्रतिनिधि, वीरेन्द्रनगर नगरपालिका तथा बिभिन्न वडाका प्रतिनिधि, बिभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधि, युवा समुह लगायतको सहभागिता थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *