मोटरसाइलकलमा सवार महिलाको मृत्यु

काठमाडाैँ । झापाको कमल गाउँपालिका-५ मा बसले मोटरसाइकललाई ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ ।

पूर्व पश्चिम राजमार्गको पाडाजुंगी नजिकै शुक्रबार बेलुकी को ३२ प ८५६ नम्बरको मोटरसाइकललाई बा ५ ख ४८१३ नम्बरको बसले ठक्कर दिँदा मोटरसाइकलमा सवार बेलबारी नगरपालिका-८ कि ५८ वर्षीया तुलसादेवी गुरुङको मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

मोटरसाइकल चालक सोही नगरपालिका १० का ५८ वर्षीय शुक्रबहादुर तामाङ सकुशल रहेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । बसचालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *