पूर्णबहादुर खड्काले लेखे- ‘राष्ट्रपति को बन्ने भन्ने चर्चाले गम्भीर बनायो’

काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले नयाँ राष्ट्रपति को बन्ने भन्ने चर्चाले आफूलाई गम्भीर बनाएको बताएका छन् ।

कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा पूर्व प्रधानन्यायाधीश खिलराज रेग्मी वा उनीसरहका व्यक्तिलाई राष्ट्रपति बनाउने चर्चा चलिरहेका बेला उनकै पार्टीका उपसभापति खड्काले गम्भीर चिन्ता व्यक्त गरेका हुन् । यस क्रममा खड्काले कस्ता व्यक्तिलाई राष्ट्रपति बनाउनु पर्छ भन्ने विषयमा आफ्नो धारणा पनि राखेका छन् ।

‘राष्ट्रपति को बन्ने भन्ने चर्चाले गम्भीर बनायो’, शनिबार बिहान सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘मेरो प्रष्ट धारणा छ- राष्ट्रपति देश, जनता र संविधानसभाले बनाएको संविधानप्रति दिल/दिमागदेखि पूर्ण रूपमा प्रतिबद्ध भएको व्यक्ति बन्नु पर्छ यो कुरामा नेपाली कांग्रेस पार्टी कसैसँग सम्झौता गर्न सक्तैन, गर्नु हुँदैन ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *