सर्लाहीमा सशस्त्र प्रहरी जवान साहमाथि गोली प्रहार

जनकपुरधाम । सर्लाहीको रामनगर गाउँपालिका ६ मा एक जना सशस्त्र प्रहरी जवानमाथि गोली प्रहार भएको छ । गोली लागेर सोही गाउँपालिका ४ का ३० वर्षीय सुरेश साह घाइते भएका हुन् ।

साह काभ्रेपलान्चोक १५ नम्बर गणमा कार्यरत छन् । घर आएका बेला उनीमाथि गोली प्रहार भएको सर्लाहीका डिएसपी विजय यादवले जानकारी दिए । उनले साहलाई थप उपचारका लागि काठमाडौं पठाएको बताए ।

साहसहित चार जनासँगै खाजा खाइरहेका थिए । अचानक त्यही समूहका व्यक्ति उनीमाथि गोली चलायो । २ जना फरार भएका छन् भने राम प्रवेश साहलाई नियन्त्रणमा लिएको डिएसपी यादवले बताए ।

सशस्त्र प्रहरी जवान साहले चिनजानकै व्यक्तिलाई ४ लाख रुपैयाँ दिएको थियो । सो रुपैयाँ लिन उनी आएका थिए । रुपैयाँकै विषयमा विवादपछि गोली हानेको हुनसक्ने डिएसपी यादवको भनाई छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *