ठेक्काको किस्ता नबुझाउने ठेकेदारलाई पार्किङको म्याद थप

पोखरा । पोखराको पार्किङको ठेक्का २७ मंसिरदेखि सकिएको छ । तर महानगरले भित्रि चलखेल गरेर म्याद थप गरेको भेटिएको छ ।

कार्यपालिका बैठकमा छलफल समेत नगरी ४ महिना म्याद थपेको भेटिएको हो । फेवा सावित्री जेभीसँग महानगरले २ वर्षका लागि २०७७ मंसिर १४ गते ठेक्का सम्झौता गरेको थियो । तर अघिल्लो कार्यकालको उत्तरार्धमा मेयर मानबहादुर जिसीले ४ महिना म्याद थपिदिएको पाइएको हो । म्याद सकिएपछि पार्किङ ठेक्का नलगाउने तयारीमा रहेको महानगर ठेकेदारले नै म्याद थपको पत्र देखाएपछि अलमलिएको हो ।

अब चैत २७ सम्म उक्त ठेक्का कायम रहन्छ । महानगरले उक्त कम्पनीसँग ३ करोड १६ लाख रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो । तर कम्पनीले गत असारपछिको रकम भुक्तानी नगरेको पाइएको छ । असार यताको करिव करोड रकम महानगरले लिनुपर्ने देखिएको छ ।

कम्पनीले ठेक्का सम्झौता भएपछि पहिलो किस्ता बुझाएको र त्यसपछिको किस्ता नबुझाएको महानगरले जनाएको छ ।

महानगरका अनुसार १ करोड ९० लाख रुपैयाँ महानगरलाई बुझाउन बाँकी देखिएको छ । कम्पनीले पहिलो किस्तावापत ६३ लाख ३४ हजार रूपैयाँ मात्रै बुझाएको छ । कम्पनीले सडकमा पार्किङ गरेका मोटरसाइकल र स्कुटरसँग १० रूपैयाँ, मझौला सवारीलाई २० रूपैयाँ र बस लगायत ठूला सवारीलाई प्रति घण्टा ३० रूपैयाँका दरले उठाउँदै आएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *