दर्ता विषयमा गुठी संस्थानमा विवाद : कुटिए अमिन (भिडिओ)

जनकपुरधाम । टेन्डर दर्ताको विषयमा विवाद हुँदा जनकपुर गुठी संस्थानका अमिन कुटिएका छन् । दर्ता सम्बन्धी विषयमा विवाद हुँदा बिहीबार दिउँसो करिब साढे १२ बजे नेकपा एमालेका नगर कमिटी अध्यक्ष सुरेन्द्र भण्डारीले हातपात गरेकाे अमिन प्रभातचन्द्र पोखरेलले आरोप लगाएका हुन् ।

संस्थानले जनकपुर उपमहानगरपालिका ८ मा रहेको पोखरीको उत्तरतर्फको डिलमा रहेको ७ कठ्ठा जमिनको टेण्डर सार्वजनिक गरेको थियो । सोही विषयमा दुईपक्षबीच विवाद हुँदा प्रमुखसहित टेण्डर भर्न आएका अर्का पक्षसमेत कुटिएका छन् । टेण्डर दर्ता नगर्न दबाब दिँदै भण्डारीले आफूमाथि कुटपिट गरेको अमिन पोखरेलले बताए । भण्डारीले आफूलाई सो टेण्डर दर्ता नगर्न दबाब दिएको र आफूले नमान्दा कार्यालय परिसरबाहिर घिसारेर लगी ग्दै आफूमाथि हातपात गरेको अमिन पोखरेलले बताए ।

गुठी संस्थानले केही समयअघि जग्गाको टेण्डर निकालेको थियो । सो टेण्डर भर्न संस्थानले आज १२ बजेसम्मको समय तय गरिएको थियो । सो समयभित्र कार्यालय परिसर प्रवेश गर्ने सबैको टेण्डर फर्म दर्ता गर्ने प्रमुखले भनेपछि अर्को पक्षले विवाद खडा गरेको प्रत्यक्षदर्शी एवं सेवाग्राही सञ्जय मण्डलले बताए ।

उनका अनुसार सोही विषयमा छलफल चलिरहेकै समय ठेकेदार सुरेन्द्र भण्डारीको समूहले कार्यालयका अमिन पोखरेललाई घिसारेर बाहिर लगेको र कार्यालयभित्र रहेको अन्य सेवाग्राहीमाथि हातपात गरेका छन् । सो विषय दुईतर्फी झडप परिणत भए पनि पछि प्रहरी आएर सामान्य बनेको थियो ।

हातपात गर्नेमाथि गुठी संस्थानले उजुरी दिने तयारी गरेको कार्यालय प्रमुख पोखरेल जनाएका छन् ।

जनकपुरधाम उपमहानगरपालिका–८ स्थित सिट नम्बर १३५५–७५ को कित्ता नम्बर–५८ मा रहेको ७ कट्ठा जग्गाका लागि न्यूनतम मूल्य प्रतिकट्ठा १० हजार रुपैयाँको दरले गुठी संस्थान प्रधान कार्यालयले कार्तिक २९ गते बोलपत्र आह्वान गरेको थियो ।

गुठी संस्थान शाखा कार्यालय जनकपुरको गुठी तैनाथी जग्गा लिजमा दिनेसम्बन्धी सूचना प्रकाशित भएको ३१ दिनभित्र दिउँसो १२ बजेभित्र वार्षिक भाडादर उल्लेख गरी कुन प्रयोजनको लागि लिजमा लिन खोजिएको हो भन्नेसमेत प्रष्ट हुने गरी कार्यालयमा बोलपत्र सही छाप सिलबन्दी गरी दाखिला गराई सक्नुपर्ने सूचनामा उल्लेख थियो ।

कार्यालयभित्रै हातपात गर्नेमाथि कारबाहीका लागि संस्थानले उजुरी दिने तयारी गरेको अमिन पोखरेल बताएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *