आयात प्रतिस्थापन बजेटको मुख्य जोड हो : अर्थमन्त्री शर्मा

काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले निजी क्षेत्रका समस्याहरु समाधानका लागि वर्तमान सरकार प्रतिवद्ध रहेको बताएका छन् ।

बुधबार काठमाडौँमा आयोजित नेपाल आर्थिक पत्रकार संघ (नाफिज) साधारण सभामा बोल्दै अर्थमन्त्री शर्माले अर्थतन्त्र सुधारका प्रयास गरिरहेको र नीजि क्षेत्रका समस्या समाधानका पनि सरकारसँगै रहेको बताएका हुन् । उनले बजेटबाट आयात प्रतिस्थापनलाई मुख्य जोड दिएको भन्दै आयात प्रतिस्थापनमा भइरहेको प्रगति पर्याप्त नरहेको धारणा राखे । राष्ट्रिय उत्पादन वृद्धिको आवश्यकता रहेकाले सबैलाई आयत प्रतिस्थापन गर्नुपर्ने बोध गराउन आवश्यक रहेको उनले बताए । अर्थमन्त्री शर्माले अहिले विभिन्न चुनौती सामाना गर्दै अर्थतन्त्र सकारात्मक दिशामा अगाडि बढेको र यसमा राष्ट्र बैकको नीति तथा निजी क्षेत्रको भूमिका महत्वपूर्ण रहेको जिकिर गरे ।

त्यस्तै नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले पुस महिना अलि कठिन रहेको र तरलता सहज बनाउने प्रयास गरिरहेको बताए । उनले अर्थतन्त्र निकै संवेदनशील अवस्था रहेकै कारण एक क्षेत्र सुधार गर्दा अर्को क्षेत्रमा असर देखिएको बताए । गभर्नर अधिकारीले अर्थतन्त्रमा देखिएका सुधार अनुसार पोलिसी रिफर्मको काम पनि भइरहेको जानकारी दिए ।

कार्यक्रममा भरतमोहन अधिकारी नाफिज आर्थिक पत्रकारिता पुरस्कार २०७९ सम्झना घिमिरे र भरतमोहन अधिकारी नाफिज सहकारी पत्रकारिता पुरस्कार २०७९ सन्तोष रोकायलाई प्रदान गरिएको थियो भने नाफिज आर्थिक पत्रकार सम्मान २०७९ बाट उर्वशी बस्नेतलाई सम्मान गरिएको थियो ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *