सुनको भाउ तोलाकाे १ लाख नाघ्याे, कति छ मूल्य ?

काठमाडौँ । नेपाली बजारमा बुधबार सुन तथा चाँदी दुवैको मूल्य बढेको छ। मंगलबारको तुलनामा सुन प्रतितोला १ हजार र चाँदी १० रुपैयाँ बढेको छ।

मंगलबार छापावाल सुन प्रतितोला १ लाख रुपैयाँमा कारोबार भएको थियो । बुधबारका लागि छापावाल सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढेर १ लाख १ हजार रुपैयाँ कायम भएको छ ।

त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला १० रुपैयाँ बढेको छ । बुधबारका लागि चाँदीको मूल्य प्रतितोला १४ सय रुपैयाँ तोकिएको छ । मंगलबार चाँदी प्रतितोला १३ सय ९० रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *