काभ्रे बस दुर्घटना : मृतकको संख्या १८ पुग्यो, २१ घाइते [अपडेट]

काठमाडाैँ । काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका-४ चलाल गणेस्थानमा मंगलबार साँझ ६ बजे बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १८ पुगेको छ । बा ३ ख ४३८५ बस दुर्घटना हुँदा २१ घाइते भएका छन् ।

गाउँपालिकाका अध्यक्ष भगवान अधिकारीका अनुसार हालसम्म मृतकको संख्या १८ पुगेको छ । बसमा ३९ सवार थिए । मृतकमध्ये १३ जनाको दुर्घटनास्थल तथा अन्य पाँचको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको हो ।

बनेपा नगरपालिका-११ बाट ब्रतबन्धका लागि बेथानचोक गाउँपालिका–५ स्थित च्याल्टी पुगेर फर्किँदै गरेको रिजर्भ बस दुर्घटना भएको अधिकारीले जानकारी दिए । उनका अनुसार घाइते सबैलाई उपचारार्थ बनेपास्थित शिर मेमोरियल र धुलिखेल अस्पताल पुर्‍याइएको छ ।

अस्पताल दुर्घटनास्थलमा नेपाल प्रहरी र नेपाली सेनाको टोलीले डोजर प्रयोग गरी उद्धार कार्य गरिएको थियो । अझै मृतकको पहिचान हुन सकेको छैन । गम्भीर प्रकृतिको घाइते भएकाले तत्काल रेफरको तयारी भइरहेको जनाइएको छ । प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै अध्यक्ष अधिकारीले बस तीव्र गतिमा रहेको थियो । बस मोडको भित्तामा ठोक्किएपछि सडकबाट केही तल खसेर दुर्घटना ग्रस्त भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 3 =