नेपालगन्जमा टीभीएसकाे एओजी राइड सम्पन्न

२०७९ मंसिर २७ गते

काठमाडौँ । नेपालका लागि टीभीएसको आधिकारिक वितरक कम्पनी जगदम्बा मोटर्सले शनिबार नेपालगन्जदेखि मेरो प्लानेटसम्म अपाचे ओनर्स ग्रुप (एओजी) राइड सम्पन्न गरेको छ ।
३७ जना राइडरहरुको सहभागिता रहेको उक्त कार्यक्रममा अपाचे राइडरहरु यात्राको क्रममा विभिन्न मनोरञ्नात्मक गतिविधिहरूमा संलग्न भए भने मेरो प्लानेट पुगेर कार्यक्रमको अवलोकन गर्दै कार्यक्रम आयोजना गरेकोमा खुसी व्यक्त गरेर टीभीएसको प्रशंसा पनि गरे ।
टीभीएसले काठमाडौँ, कोशी, गण्डकी, लुम्बिनी, नारायणी लगायत देशका विभिन्न स्थानमा एओजी राइड कार्यक्रम आयोजना गरेको छ । यो अभियान नेपालका अन्य क्षेत्रमा पनि आयोजना गर्ने योजना रहेको कम्पनीले जनाएको छ ।

२०७९ मंसिर २७ गते
प्रतिक्रिया
सम्बन्धित