वैदेशिक रोजगारमा रहेका नेपालीका लागि शुभम पावरकाे आईपीओ आउँदै
२०७९ मंसिर २७ गते

काठमाडौँ । शुभम पावर लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ निष्काशन गर्ने भएको छ। सो आईपीओमा पुस ६ गतेदेखि आवेदन दिन सकिनेछ ।
कम्पनीले सर्वसाधारणका लागि छुट्याएको ४ करोड रुपैयाँको ४ लाख कित्तामा आयोजना प्रभावितका लागि निष्काशन गरेको शेयरमा बाँडफाँट नभएको १ लाख ८० हजार ५८० कित्ता थप गरी कुल ५ लाख ८० हजार ५८० को १० प्रतिशत अर्थात ५८ हजार ५८ कित्ता शेयर वैदेशिक रोजगारमा रहेका नेपालीहरुका लागि निष्काशन गर्न लागेको हो ।
सो शेयरमा पुस २० गतेसम्म आवेदन दिन सकिने । लगानीकर्ताले न्यूनतम १० कित्ता शेयरका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा ५ हजार कित्ताका लागि आवेदन दिनु पर्नेछ ।
२०७९ मंसिर २७ गते
प्रतिक्रिया
सम्बन्धित









