जाजरकोट जिप दुर्घटना अपडेट : मृत्यु हुनेको संख्या ११ पुग्यो

सुर्खेत । जाजरकोटकाे भिरपाटीमा वोलेरो जिप दुर्घटनामा ज्यान गुमाउनेको संख्या ११ पुगेको छ।

आइतबार दिउँसो कर्णाली प्रदेश २००१ च ०४२९ नम्बरको जिप दुर्घटना परेको हो।

जाजरकोटको छेडागाड नगरपालिका वडा न ४ र ५ को बीचमा पर्ने भिरपाटीमा बोलेरो गाडी दुर्घटना परेको प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

जिप सडकबाट करिब २०० मिटर तल खसेको थियो ।

मृत्यु हुनेमा भगवतीमाई गाउँपालिका–२ दैलेखका चालक मानबहादुर रावत, भगवतीमाई–३का सुरेन्द्र केसी, अम्मरबहादुर खड्का, छेडागाड –५ का जयकुमार बुढा, नैनसरा अधिकारी, दीपक अधिकारी, देवीसरा बुढा, अम्मरबहादुर अधिकारी, २ वर्षीया बालिका निशा अधिकारी छन् ।

दुर्घटनामा घाइते भएका छेडागाड–६ का वीरबहादुर खत्री, रामबहादुर बुढा साथै अम्मर र बालिका निशाको उपचारका लागि नेपालगञ्ज लैजाँदै गर्दा बाटोमा मृत्यु भएको हो ।

दुर्घटनामा घाइते भएका जैमान अधिकारीलाई उपचारका लागि नेपालगञ्ज लगिँदैछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × four =