आफ्नै श्रीमानको हत्या गरेको अभियोगमा लक्ष्मी नेपाली पक्राउ

अर्घाखाँची । आफ्नै श्रीमान् ७७ वर्षीय बल बहादुर सार्कीको हत्या गरेको अभियोगमा छत्रदेव गाउँपालिका -१ चिदिका तुमचौर बस्ने लक्ष्मी नेपालीलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

बल बहादुर सार्की आफ्नै घरमा शनिबार मृत अवस्थामा फेला परेको घटनाको थप गर्न जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीबाट खटिएको प्रहरीले उनीहरुबीच विवाद भई झै-झगडा हुँदा बल बहादुर सार्कीले श्रीमतीलाई कुटपिट गरेको र सोही रिसले लक्ष्मीले आफूले कम्मरमा बाँधेको पटुका निकाली बल बहादुरको घाँटीमा पासो लगाई घरको दलिनमा झुण्डाई हत्या गरेको खुलेपश्चात् उनलाई पक्राउ गरेको हो ।

उनीउपर जिल्ला अदालत अर्घाखाँचीबाट सात दिन म्याद थप गरी यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five + 15 =