सुतेकै अबस्थामा बञ्चरोले हानेर श्रीमतीको हत्या गर्ने विरेन्द्र पक्राउ

जनकपुरधाम । धनुषाको बटेश्वर गाउँपालिका ५ शान्तिनगरमा श्रीमानले सुतेको अबस्थामा श्रीमतीमाथि बञ्चरो हानेर हत्या गरेका छन् ।

अन्दाजी ३५ वर्षीय विरेन्द्र यादवले आइतवार मध्यराति श्रीमती २७ वर्षीया रितादेवी यादवको हत्या भएका हुन् । हत्या आरोपमा विरेन्द्रलाई प्रहरीले आज विहान पक्राउ गरेको छ ।

बञ्चरो प्रहारबाट गम्भीर घाइते रितालाई उपचारका लागि स्थानीयले राति नै जनकपुरस्थित काव्या हस्पिटल ल्याएका थिए । हस्पिटलले भने उनलाई मृत घोषणा गरेको थियाे ।

धनुषाका प्रहरी प्रवक्ता तथा डिएसपी प्रदिप क्षेत्रीले श्रीमतीको हत्या गरेका श्रीमान विरेन्द्रलाई पक्राउ गरी आवश्यक अनुसन्धान अगाडी बढाएको जानकारी दिए ।

आइतबार राति ११ बजेको समयमा धारिलो हतियार प्रहार गरी रितादेवीको हत्या भएको प्रहरीले जनाएको छ । उनकाे हत्या हुनुअगाडि  घरको बिजुलीको लाइन काटिएको बताइएकाे छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *