कर्मचारीलाई मन्त्री चौधरीको प्रश्न– काममा ढिलाई गर्दा कमिसन बढ्छ ?

काठमाडौँ । शहरी विकास मन्त्री मेटमणि चौधरीले निर्माणाधीन सरकारी संरचनामा भइरहेको ढिलाईप्रति गम्भीर असन्तुष्टी जनाएका छन् ।

मन्त्रालय सम्हाले लगत्तै खासगरी उपत्यकाभित्र निर्माणाधीन ठुला संरचनाहरुको एकसरो अनुगमन गरेका शहरी मन्त्री चौधरीले पुनः तीनै संंरचनाहरुको अनुगमन सुरु गरेका छन् ।

शनिबार भैंसेपाटीमा निर्माणाधीन संघीय मन्त्री, सभामुख, मूख्यमन्त्री तथा प्रदेश प्रमुखका निवासहरुको स्थलगत निरीक्षण लगत्तै मन्त्री चौधरीले सम्बन्धीत विभाग, ठेकेदार कम्पनीसँग छलफल गरेका छन् ।

‘काममा किन ढिलाई भइरहेको छ ? पाँच महिनापछि आउँदा पनि अवस्था किन उस्तै छ ? ढिलाई गर्दा कमिसन बढ्छ ?’
मन्त्रीको प्रश्न सुनेर मुखामखु गरेका कर्मचारीले कोभिडका कारण ढिलाई भएको बताएका थिए ।

‘कोभिड त सकिएन र ?’ लगत्तै मन्त्रीले प्रश्न गरे ।

‘स्थानीयले दुःख दिँदा काम गर्न सकिएन हजुर ।’

‘के उपाय गरेर हुन्छ, काम छिटो सक्नुस् । मैले के गर्नु पर्याे मलाई भन्नुस् ।’
मन्त्रीको जवाफ थियो ।

त्यसलगत्तै शहरी मन्त्री चौधरी भैंसेपाटीबाट सिधै राजदरबार परिसरभित्र रहेको गणतन्त्र स्मारकको निरीक्षणका लागि निस्किए ।

त्यहाँ पनि सोचेअनुरुप प्रगति नदेख्दा मन्त्री चौधरी थप असतुष्ट बने । सम्बन्धित पक्षलाई उनले छलफलका लागि आइतबार मन्त्रालयमा आउन निर्देशनसमेत दिए ।

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − four =