विश्वकप २०२२ : पोर्चुगल र मोरक्को तथा इंग्ल्याण्ड र फ्रान्स भिड्दै

काठमाडौँ । कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ मा आज क्वाटरफाइनलका अन्तिम दुई खेल हुँदैछन् ।

शनिबार हुने पहिलो खेलमा मोरक्को र पोर्चुगलबीच प्रतिस्पर्धा हुनेछ । अल थुमामा स्टेडियममा हुने मोरक्को र पोर्चुगलबीचको खेल राति ८:४५ बजे सुरु हुनेछ ।

मोरक्कोले राउण्ड अफ १६ मा स्पेनलाई पेनाल्टी सुट आउटमा हराएको थियो । भने,पोर्चुगलले स्विट्जरल्यान्डलाई हराएको थियो ।

आज दुवै टोली जित निकाल्दै सेमिफाइनल पुग्ने योजनामा रहेका छन् ।

यस्तै, अन्तिम क्वाटरफाइनलमा फ्रान्स र इंग्ल्यान्डबीच प्रतिस्पर्धा हुनेछ ।

अल बायत स्टेडियममा हुने फ्रान्स र इंग्ल्यान्डबीचको खेल राति १२:४५ बजे सुरु हुनेछ ।

साबिक विजेता फ्रान्स र इंग्ल्यान्ड आज जित निकाल्दै अन्तिम चारमा पुग्ने योजनाका रहेका छन् ।

फ्रान्सले राउण्ड अफ १६ मा पोल्याण्डलाई हराएको थियो । भने,  इंग्ल्यान्डले सेनेगललाई हराएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *