फिफा विश्वकप २०२६

अन्तिम ३२ को समीकरण पूरा, उपाधि दौडमा हेभिवेट टोली आमनेसामने

काठमाडौं। फिफा विश्वकप २०२६ को समूह चरण सकिएसँगै नकआउट चरण (राउन्ड अफ ३२) को पूरा समीकरण तय भएको छ। अब प्रतियोगितामा बाँकी रहेका ३२ टोलीले ‘गर या मर’को आधारमा उपाधि यात्रालाई अघि बढाउनेछन्।

यस पटकको विस्तारित विश्वकपमा ४८ टोली सहभागी भएका थिए भने समूह चरण पार गर्दै ३२ टोली अन्तिम चरणमा पुगेका हुन्। फिफाले जारी गरेको नयाँ तालिका अनुसार राउन्ड अफ ३२ मा जर्मनीले पाराग्वेको सामना गर्नेछ भने फ्रान्स र स्विडेनबीच  प्रतिस्पर्धा हुनेछ।

दक्षिण अफ्रिका र क्यानडा आमनेसामने हुँदा नेदरल्यान्ड्सले मोरक्कोसँग खेल्नेछ। त्यसैगरी पोर्चुगल र क्रोएसिया, स्पेन र अस्ट्रिया, अमेरिका र बोस्निया–हर्जेगोभिना तथा बेल्जियम र सेनेगलबीच पनि अन्तिम १६ मा स्थान सुरक्षित गर्न प्रतिस्पर्धा हुनेछ।

तालिकाको अर्को भागमा ब्राजिलले जापानसँग खेल्नेछ भने आइभरी कोस्ट र नर्वेबीच प्रतिस्पर्धा हुनेछ। आयोजकमध्ये एक मेक्सिकोले इक्वेडरसँग खेल्ने तालिका रहेको छ भने इंग्ल्यान्ड डिआर कंगोसँग भिड्नेछ।

यस्तै अर्जेन्टिनाले केप भर्डेसँग खेल्नेछ भने अष्ट्रेलिया र इजिप्ट, स्विट्जरल्यान्ड र अल्जेरिया तथा कोलम्बिया र घानाबीच पनि अन्तिम १६ को लागि प्रतिस्पर्धा  हुनेछ।

नकआउट चरणमा निर्धारित ९० मिनेटमा बराबरी भए अतिरिक्त समय र त्यसपछि आवश्यक परे पेनाल्टी सुटआउटमार्फत विजेता टुंगो लाग्नेछ।

यस चरणबाट विजयी हुने १६ टोली प्रि–क्वार्टरफाइनल (राउन्ड अफ १६) मा प्रवेश गर्नेछन् र त्यसपछि क्रमशः क्वार्टरफाइनल, सेमिफाइनल हुँदै उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्।

विश्व फुटबलका परम्परागत शक्तिशाली टोलीहरू ब्राजिल, अर्जेन्टिना, जर्मनी, फ्रान्स, स्पेन, इंग्ल्यान्ड, पोर्चुगल र नेदरल्यान्ड्ससँगै केप भर्डे, दक्षिण अफ्रिका, डिआर कंगो, बोस्निया–हर्जेगोभिना तथा इक्वेडरजस्ता टोलीले पनि यस संस्करणमा उत्कृष्ट प्रदर्शन गर्दै अन्तिम ३२ मा स्थान बनाएका छन्।

यो सिजनको पहिलो पटक ४८ टोली सहभागी भएकाले विश्वकप इतिहासमै पहिलो पटक ‘राउन्ड अफ ३२’ को नकआउट चरण हुन लागेको हो। अबको प्रत्येक खेलले उपाधि दाबेदार र सम्भावित ‘डार्क हर्स’ टोलीको वास्तविक क्षमता परीक्षण गर्नेछ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + 1 =