फिफा विश्वकप २०२६

पानामालाई २–० ले हराउँदै इंग्ल्यान्ड बन्यो समूह विजेता

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत इंग्ल्यान्ड समूह ‘एल’ को विजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको छ ।
आइतबार बिहान भएको खेलमा पानामालाई २–० ले हराउँदै इंग्ल्यान्ड समूह विजेता बनेको हो ।

इंग्ल्यान्डले खेलको ६२औं मिनेटमा पहिलो अग्रता लिएको थियो । जुड बेलिङ्घमले गोल गर्दै इंग्ल्यान्डलाई पहिलो अग्रता दिलाएका थिए । त्यसको ५ मिनेटपछि कप्तान ह्यारी केनले गोल गर्दै इंग्ल्यान्डको अग्रता दोब्बर बनाए । त्यसपछि दुवैतर्फबाट गोल हुन सकेन र इंग्ल्यान्ड विजयी भयो ।

इंग्ल्यान्डले ३ खेलबाट ७ अंक जोड्दै समूह विजेता बन्यो । क्रोएसियाले ६ अंक जोड्दै दोस्रो र घाना ४ अंक जोड्दै तेस्रो स्थानमा रह्यो । इंग्ल्यान्ड, क्रोएसिया र घाना नकआउट चरणमा प्रवेश गरे ।

पानामा भने यस खेलमा जितविहीन रहँदै प्रतियोगिताबाट बाहिरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two + fourteen =