पोखरा अन्तराष्ट्रिय विमानस्थलमा आज आपतकालीन अवतरण अभ्यास गर्दै प्राधिकरण

पोखरा । निर्माणको अन्तिम चरणमा पुगेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आज आपतकालीन अवतरण अभ्यास गरिँदै छ । नागरिक उड्ययन प्राधिकरण पोखरा कार्यालयले विमानस्थलमा आपतकालीन अभ्यास गर्न लागेको हो ।
विमानस्थलमा क्यालिब्रेसन फ्लाइट यसअघि नै भइसकको छ । उक्त फ्लाइटको प्रतिवेदन आएपछि मात्रै थप उडान हुने छ । प्राधिकरणले पुस १७ अर्थात् अंग्रेजी नयाँ वर्षबाट विमानस्थल सञ्चालनमा ल्याउने घोषणा गरिसकेको छ । त्यसैका लागि पूर्व तयारी स्वरुप विभिन्न गतिविधि सन्चालन भैरहेका छन् । पुस १७ मा उडान भर्नका लागि अझै धेरै व्यवस्थापन बाँकी रहेको प्राधिकरणले जनाएको छ । विमानस्थलको पुर्वपट्टीको रिठ्ठेपानी डाँडा अझै कटान सकिएको छैन । क्यालिब्रेसन फ्लाइटको बेला १६ मिटर काटिएको थियो । अझै २४ मिटर कटान बाँकी छ ।
यस्तै, पोखराको ल्याण्डफिल साइट पनि उडान अघि नै हटाउनुपर्छ । महानगरले मंसिर १८ गते आइतबारदेखि पोखरा १४ मा रहेको ल्यान्डफिल्ड साइटमा फोहोर नफाल्ने भनेपनि फोहोर व्यवस्थापनको अर्को विकल्प नहुँदा सोही ठाउँमा लगिएको छ । विमानस्लथमा अझै इन्धन डीपो तयार भएको छैन ।
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *