गण्डकीका अटोमोबाइल्स व्यवसायी आन्दोलित

पोखरा । पोखराका अटोमोबाइल्स व्यवसायी आन्दोलित भएक छन् । अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) ले सरकारले आयातमा लगाउँदै आएको प्रतिबन्ध फुकुवाको माग गर्दै आन्दोलन थालेको थियो । तर सरकारले उक्त प्रतिबन्ध फुकुवा गरेपछि पनि उनीहरुको आन्दोलन जारी छ । प्रतिबन्ध फुकुवा भए पनि गाडी बेच्ने वातावरण सिर्जना नभएको भन्दै आन्दोलन जारी राखेको हो ।

उनीहरुले विहीबार पोखराको चिप्लेढुंगामा कालो पट्टी बाँधेर सरकार र राष्ट्र बैंकविरुद्ध प्रदर्शन गरे । बैंकले ब्याजदर घटाउनुपर्ने, चालू पुँजी कर्जा मार्गदर्शन स्थगन गर्नुपर्ने लगायत उनीहरुको माग छ । सरकारले लगाएको आयात प्रतिबन्धका कारण हालसम्म ५६ बढी सोरुम बन्द भएका नाडाका अध्यक्ष ध्रुव थापाले जानकारी दिए ।

उनका अनुसार नेपालमा अटोमोबाइल व्यवसाय संकटमा परेको र उनीहरूको पेसागत सुरक्षाका लागि सरकारले ध्यान दिन सकेको छैन । आफूहरुको माग पूरा नहुँदासम्म आन्दोलन जारी रहने थापाले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *