अर्थतन्त्र संकटमा छ भनेर अभिव्यक्ति नदिन व्यवसायीलाई अर्थमन्त्रीको आग्रह

काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले अर्थन्त्री समस्यामा छ भनेर अभिव्यक्ति दिँदै नहिँड्न उद्योगी व्यवायीलाई आग्रह गरेका छन् । बिहीबारदेखि काठमाडौँमा सुरु भएको ‘फिन इलेक्ट्रो टेक–२०२२’ प्रदर्शनी मेलामा बोल्दै उनले यस्तो आग्रह गरेका हुन् ।

उद्योगी व्यवसायीको समस्या समाधान गर्न सरकार गम्भीर रहेको भन्दै उनले व्यवसायीले सडकमा गएर आन्दोलनमा ल्याग्नु भन्दै उद्योग व्यवसायमा ध्यान दिएर उत्पादन बढाउनेतर्फ लाग्दा राम्रो हुने बताए ।

उनले तरलता तथा बैंकको ब्याजदर वृलिगायत उद्योगी व्यवसायीको समस्या समाधानका लागि निजी क्षेत्र, केन्द्रीय बैंक, वाणिज्य मन्त्राल र अर्थ मन्त्रालयका प्रतिनिधिसहितको कार्यदलले दिएको सुझावका आधारमा काम भइरहेको बताए ।

निजी क्षेत्रकै समस्या सम्बोधन गर्न मौद्रिक समीक्षाका कतिपय व्यवस्थामाथि सरकारले हस्तक्षेप गर्नुपर्ने प्रस्ताव समेत आफूले मन्त्रिपरिषद्मा राखेको उनले बताए । सरकारले व्यवसायीसँग सहकार्य गर्न सधैँ तयार रहेकोले सडक आन्दोलनमा नजान उनले सुझाव दिए ।

ब्याजदर वृद्धि, चालु पुँजी निर्देशिकाको विषयमा सरकारले गम्भीर रुपमा छलफल गरिरहेकोले निराशाको अभिव्यक्ति नदिन उनले आग्रह गरे ।

उनले अब विद्युत् बेच्नेभन्दा पन हाइड्रोजन बनाएर निर्यात गर्ने वातावरण बनाएर आर्थिक समृद्धि हासिल गर्नुपर्ने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *