मेलम्चीको पानी भोलिदेखि काठमाडौँका धारामा

काठमाडौँ । लामो सयम अर्थात् झण्डै ६ महिनाको प्रतिक्षापछि पुनः मेलम्ची खोलाको पानी काठमाडौँको धारामा आउने भएको छ । गएको जेठबाट बन्द गरिएको उक्त खोलाको पानी अब भोलि (शुक्रबार) देखि काठमाडौँका धारामा वितरण गर्न लागिएको हो । मेलम्ची आनेपानी आयोजनाले काठमाडौँ उपत्यकाको भक्तपुर र काठमाडौँका खुख्य शहरी क्षेत्रमा मेलम्चीको पानी वितरण गर्न लागिेको हो ।

मेलम्ची खानेपानीको २६ किलोमिटर लामो सुरुङमा ११ दिनअघि पानी प्रवेश गराइएको थियो । उक्त पानी १८ मंसिरमा सुन्दरीजलस्थित प्रशोधन केन्द्रमा खस्न सुरु भएको थियो । बाढीले सुरुङको मुहान क्षेत्रका संरचनामा क्षति पुर्याउन सक्ने भएकोले गत वर्खामा जेठबाट उक्त आयोजनाको सुरुङ बन्द गरिएको थियो ।

उक्त सुरुङमार्फत मेचम्ली खोलाबाट ल्याइएको पानी सुन्दरीजलस्थित प्रशोधन केन्द्रमा प्रशोधन गरी विभिन्न प्रक्रियापछि घरघरका धारामा पठाउन लागिएको आयोजनाले जनाएको छ ।

सुन्दरीजलको प्रशोधन केन्द्रमा प्रशोधन भएको उक्त पानीलाई बिहीबार बेलुका महांकालस्थित रिजर्भ ट्यांकिमा पठाइने र शुक्रबार बिहान त्यहाँबाट घरघरमा पठाइने भएको हो । सबै स्थानमा भने एकैपटक पानी पठाउन संभव नभएको आयोजनाले जनाएको छ । सुन्दरी जल प्रशोधन केन्द्रमा २ करोड १० लाख लिटर पानी प्रशानेध हुने क्षमताको स्टोरेज छ । त्यहाँबाट पाइपमार्फत ७७ किलोमिटर टाढा पानी पुर्याउनु पर्छ । पानी वितरण गर्ने कार्यको व्यवस्थापन काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)ले गर्छ ।

शुक्रबार वितरण हुने पानी आरुवारी, जगडोल, बाँसवारी, बालाजु, पानपिोखरी, किर्तिपुर र भक्तपुरको कटुन्जेमा वितरण गर्ने तयारी छ । त्यस्तै एक साताभित्र उपत्यमा पानी अभाव भएका करिब सबै ठाउँमा मेलम्चीको पानी वितरण गर्ने योजना छ ।

शुक्रबार खानेपानीमन्त्री उमाकान्त चौधरीको उपस्थितिमा पानी वितरण कार्यको शुभारम्भ गर्ने तयारी छ । हाल मेलम्चीबाट दैनिक १७ करोड लिटर पानी काठमाडौँ ल्याउने तयारी छ । त्यस्तै अर्को चरणमा सिन्धुपाल्चोककै याङ्ग्री र लार्के खोलाबाट १७/१७ करोड लिटर पाने ल्याउने योजना छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *