एनआईबिएल क्यापिटलले डेढ अर्बको म्युचुअल फण्ड ल्याउँदै, हालसम्मकै ठूलो

'एनआईबिएल ग्रोथ फण्ड' सञ्चालनमा ल्याउन धितोपत्र बोर्डबाट पायो स्वीकृति

एनआईबिएल क्यापिटलको ‘एनआईबिएल ग्रोथ फण्ड’ धितोपत्र बोर्डबाट स्वीकृत भएको छ। बोर्डले नेपाल इन्भेष्टमेन्ट बैंक कोष प्रबर्धक तथा एनआईबिएल एस क्यापिटल योजना ब्यवस्थापक रहेको ‘एनआईबिएल म्युचुअल फण्ड’ अन्तर्गत संचालन हुने पाँचौ योजना ‘एनआईबिएल ग्रोथ फण्ड’ लाई संचालन गर्ने अनुमति दिएको हो।

यस योजनाको आकार १ अर्ब ६० करोड र समयावधि १० वर्षको रहने छ र यो संगै अहिलेसम्मकै सबैभन्दा ठुलो म्युचुअल फण्ड योजनाको सार्वजनिक निष्काशन गर्ने म्युचुअल फण्ड योजना हुने छ।

उक्त अवधि भर यस योजनाले बार्षिक प्रतिफलको रुपमा २०।२५ प्रतिशत प्रतिफल आफ्ना इकाईधनीहरुलाई दिन सक्ने प्रक्षेपण समेत गरेको छ ।

‘एनआईबिएल ग्रोथ फण्ड’ का इकाईहरु नेपाल स्टक एक्सचेन्जमा सूचिकृत भई योजनाको समयावधिसम्म दोश्रो बजारमा खरिद तथा बिक्री गर्न सकिने क्यापिटलले जनाएको छ ।

‘एनआईबिएल म्युचुअल फण्ड’ अन्तर्गत यस अघि नै तीन वटा बन्दमुखी योजना तथा एउटा खुलामुखी योजना समेत संचालनमा रहेका छन् । ‘एनआईबिएल समृद्धि फण्ड –१’ आफ्नो ७ वर्षे समयावधि पूूरा भई परिपक्क भईसकेको र उक्त योजनाले वार्षिक १८ प्रतिशत औसत प्रतिफल समेत वितरण गरेको थियो । त्यस्तै अन्य दुई बन्दमुखी योजना, एनआईबिएल प्रगति फण्ड र एनआईबिएल समृद्धि फण्ड –२ समेत संचालनमा रहेका छन् ।

साथै नेपालकै पहिलो खुलामुखी योजना ‘एनआईबिएल सहभागीता फण्ड’ पनि यसै म्युचुअल फण्ड अन्तर्गत संचालनमा रहेको छ र यस योजनाले समेत हालसम्म कुल ६५.४५ प्रतिशत लाभांश वितरण गरी वार्षिक २२ प्रतिशत औसत प्रतिफल दिएको छ। एनआईबिएल म्युचुअल फण्ड अन्तर्गतका योजनाको इकाईधनीहरुले समुचित प्रतिफल वार्षिक रुपमा प्राप्त गर्र्दै आईरहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *