प्रतिबन्धित निजी गाडी, महँगा मदिरा र मोटरसाइकलको आयात खुल्यो

सरकारले महँगा गाडी, मदिरा र मोटरसाइकलको आयात खुला गरेको छ । देशमा विदेशी मुद्रा सञ्चितिमा निकै ठूलो कमी आएपछि यस्ता वस्तुको आयात रोकेको थियो ।

हाल विदेशी मुद्राको सञ्चिति बढेको र यस्ता वस्तुको आयातमा लामो समय रोक लागाउँदा राजस्व संकलनमा नै कमी आई अर्कोतर्फ समस्या देखिने भएपछि सरकारले आयात खुला गरेको हो । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले यस्तो निर्णय गरेको हो ।

अब पुसदेखि लागू हुनेगरी ती सामग्रीको आयात प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरिएको छ । सरकारले वैशाखदेखि सबै प्रकारका निजी चार पांग्रे सवारीसाधन, १५० सीसीमाथिका मोटरसाइकल, विदेशी तयारी मदिरा र ३ सय डलरमाथिका मोबाइल फोन आयातमा प्रतिबन्ध लगाएको थियो । त्यसअघि प्रतिबन्ध लगाएका धेरैजसो बस्तुको आयात खोले पनि यी ४ वस्तुको अयात खोलेको थिएन । यी वस्तुसँग सम्बन्धीत व्यवसाइले प्रतिबन्ध खोल्न निरन्तर दबाब दिँदै आएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *