घरेलु हिंसापीडित नेहाले हालिन् श्रीमानविरुद्ध अदालतमा दुई मुद्दा

जनकपुरधाम । दाइजो कम दिएको निहुँमा हिंसामा परेकी नेहा चौधरीले न्यायका लागि अदालतमा मुद्दा दायर गरेकी छन् ।

उनी श्रीमान डा. पंकज चौधरीविरुद्ध सोमबार जिल्ला अदालत महोत्तरीमा घरेलु हिंसा र दाइजोविरुद्धका दुई मुद्दा दर्ता गराइन् । महोत्तरीको औरही नगरपालिका १ घर भएकी नेहा र सोही जिल्लाका रामगोपालपुर नगरपालिका ५ का डा. चौधरीबीच ०७८ फागुनमा विवाह भएको थियो ।

विवाहमा नेहाका परिवारले दाइजोमा २० तोला सुनका गहना र ५१ लाख रुपैयाँ नगद दिएको थियो । तर पनि दाइजो नपुगेको भन्दै उनीमाथि याताना दिन थालियाे ।

दशैं टिकाको दुई दिनपछि नेहालाई श्रीमान्ले निर्घात कुटपिट गरेपछि माइती पक्षले उद्धार गरी अस्पताल पुर्याएको थियो । उपचार पश्चात स्वास्थ्यमा सुधार आएपछि उनले न्यायका लागि अदालतमा मुद्दा दायर गरेकी हुन् ।

उनका श्रीमान् डा. चौधरी काठमाडौँको नर्भिक अस्पतालमा कार्यरत थिए । तर यो घटना बाहिर आएपछि अस्पताल प्रशासनले उनलाई खर्बास्त गरिसकेको छ । उनले पनि अदालतमा डिभोर्स मुद्दा चलाएका छन् ।

पीडित नेहा भने डिभोर्स गर्ने पक्षमा छैनन् । आज रामगोपालपुर नगरपालिका पुगेर न्यायिक समितिमा पनि मुद्दा दर्ता गराउन गएकी थिइन् । तर नगरप्रमुख, प्रमुख प्रशासकीय अधिकृत र न्यायिक समितिको संयोजक समेत रहेकी उपप्रमुख नभेटेपछि उनी फर्केकी छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *