सेयरबजार परिसूचक र कारोबार रकम दुवै घट्यो

काठमाडौँ । साताको तेस्रो कारोबार दिन सेयरबजार ओरालो लागेको छ । यस दिन सेयर बजार नेप्से परिसूचक ४.८७ अंकले घटेको हो ।

यस दिन कारोबार रकमसमेत उल्लेख्य रुपमा घटेको । झण्डै डेढ अर्बको कारोबार हुँदै आएको बजारमा मंगलबार ९६ करोड ५२ लाखको कारोबार भएको छ । यस दिन २३८ कम्पनीको २५ लाख ८१ हजार कित्ता सेयर बिक्री भएको छ ।

यस दिन केही कम्पनीका लगानीकर्ताले ८.१७ प्रतिशतसम्म कमाएका छन् भने केही कम्पनीका लगानीकर्ताले ६.०७ प्रतिशतसम्मले घाटा व्यहोरेका छन् ।

यस दिन शिवम् सिमेन्टको सर्वाधिक ८ करोडको सेयर किनबेच भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *