सीके राउत र कांग्रेस उप-सभापति पूर्णबहादुर खड्काबीच भेट
मकालु खबर
२०७९ मंसिर १८ गते
काठमाडौँ । नेपाली कांग्रेसका उप सभापति तथा पूर्व गृहमन्त्री पूर्णबहादुर खड्का र जनमत पार्टीका अध्यक्ष डा.चन्द्र कान्त राउत ( सी.के.राउत) बीच भेटघाट भएको छ ।
भेटमा खड्काले राउतलाई स्वागत गर्दै उनी र उनको पार्टीको विजयीको निम्ति बधाई तथा शुभकामना ज्ञापन व्यक्त गरेका थिए ।
भेटका सन्दर्भमा हालै सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको समीक्षा तथा नयाँ सरकार निर्माण र सत्ता गठबन्धनमा सहकार्य गर्ने विषय र समसामयिक एजेन्डाबारे बिचार आदान प्रदान भएको थियो ।
साथै, छलफल सकारात्मक र उपलब्धिमूलक भएको खड्काको सचिवालयले जनाएको छ ।
मकालु खबर
२०७९ मंसिर १८ गते
प्रतिक्रिया
सम्बन्धित