गोकुल बाँस्कोटाको घरमा शंकास्पद वस्तु

काठमाडाैँ । नेकपा एमालेका नेता तथा नवनिर्वाचित प्रतिनिधि सभा सदस्य गोकुल बाँस्कोटाको घरमा शंकास्पद वस्तु भेटिएको छ । भक्तपुरको लोकन्थलीस्थित उनको घरको पेटीमा प्रेसर कुकर बमजस्तो देखिने शंकास्पद वस्तु भेटिएको हो ।

भक्तपुरका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माकाअनुसार शंकास्पद वस्तु देखिएपछि नेपाली सेनाको बम डिस्पोजल टोलीलाई जानकारी गराइएको छ । आज बिहान छिमेकीले शंकास्पद वस्तु देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *