हत्या अभियाेगमा २ पक्राउ

जनकपुरधाम । जग्गा विवादमा कुटपिट गरी एक युवकको हत्या गरेको घटनामा दुई जनालाई धनुषा प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मिथिला बिहारी नगरपालिका ४ का ४१ वर्षीय लालबाबु यादव र सोही ठाउँका ३१ वर्षीय सुरेश यादव रहेका छन् । उनीहरुलाई आज पक्राउ गरी आवश्यक अनुसन्धान तथा कारबाही अगाडी बढाएको धनुषा प्रहरीले जनाएको छ ।

जग्गाको विषयमा बिहीवार वादविवाद हुँदा ५३ वर्षीय प्रभु यादवलाई कुटपिट गरी ज्यान लिएको पक्राउ परेका दुवै जनामाथि आरोप छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *