सरकारले गाडी आयात नखोलेको भन्दै नाडाले विरोध कार्यक्रम गर्ने

काठमाडौँ । सरकारले गाडीको आयात नखोलेको भन्दै अटो नाडा मोबाइल्स एशोसिएशन अफ नेपालले विरोध कार्यक्रम गर्ने जनाएको छ । शुक्रबार पत्रकार सम्मेलन गरेर नाडाले यस्तो जनाएको हो ।

विदेशी मुद्रा सञ्चिति निकै कमजोर अवस्थामा पुगेपछि सरकारले ८ महिनाअिघदेखि पेट्रोलियम पदार्थबाट चल्ने कार, जिप, भ्यान जस्ता निजी प्रयोजनका सवारी साधन आयातमा प्रतिवन्ध लगाएको थियो । प्रतिबन्धका कारण निजी क्षेत्रका अटोमोबाई व्यवसायी समस्यामा परेको उनीहरुको भनाइ छ ।

त्यस्तै नेपाल राष्ट्र बैंकले एकपछि अर्को व्यवसायलाई असर गर्ने नीति ल्याएको उनीहरुको भनाइ छ । हायर पर्चेज कर्जामा ५० प्रतिशतको सीमा, जोखिम भारमा वृद्धि, प्रतितपत्र मार्जिनमा बढोत्तरी लगायत विभिन्न नीति नियमहरुमा गरिएको कडाईका कारण अटोमोवाइल व्यवसायीहरु पूर्णतः धरासायी हुने अवस्थामा पुगेका पुगेको भन्दै उनीहरुले चिन्ता जनाएका छन् ।

अटो व्यवसायलाई अनुकुल हुने नीतिको कार्यान्वयनमा नल्याएन चरणबद्ध विरोधमा उत्रिने नाडाले जनाएको छ ।

यस्तो छ नाडाको विरोध कार्यक्रम 

१. मंसिर १६ गते प्रेस मिट गरेर सम्पूर्ण कार्यक्रमहरू मिडिया समक्षजानकारी गराउने र मिडियाको सहयोग लिने ।
२. नाडाद्वारा तय गरिएका नाराहरु हामी सबै व्यावसायीले फेसबुक, इन्स्टाग्राम र टुइटरमा प्रोफाइल पिक्चर बनाउने ।
३. हामिले तय गरेको नाराहरू हामिले चढ्ने गाडीमा आजै बाट अगाडी पछाडि टाँसेर हिँड्ने ।
४. नाराहरूलाई व्यानर बनाएर आफ्नो सोरुममा टास्ने ।
५. हाम्रो विरोध कार्यक्रममा सहभागि हुन नेपाल उद्योग वाणिज्य महासंघमा आवद्ध वस्तुगत संगठन र जिल्ला नगर उद्योग वाणिज्य संघहरु, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ  कमर्सलाई समेत औपचारिक पत्रमार्फत सहयोग माग्ने ।
६. यसपछि मंसिर २२ गते विहिवारका दिन सम्पूर्ण व्यवसायी साथीहरू कालो पहिरन लगाइ, प्लेकार्ड बोकी बिहानको ११ बजे देखि २ बजेसम्म काठमाडाैँ माइतिघर मण्डलामा धर्ना दिने र साथै सातै प्रदेशमा एकै पटक धर्ना कार्यक्रममा बस्ने ।
७. सोही दिन हाम्रा औपचारिक नाराहरू काठमाडौँ लगायत हाम्रा सातै प्रदेशमा रहेका संगठन मार्फत सार्वजनिक गर्ने र नेपाल भरका सम्पूर्ण सदस्यहरुलाई एकै पटक परिचालन गर्ने ।
८. मङ्गसिर २२ गतेसम्म पनि हाम्रो मागको सम्बोधन नभएमा पहिलो चरणको कार्यक्रम २२ गते समापन गरी दोस्रो चरणको आन्दोलनको कार्यक्रम पुनः सार्वजनिक गर्ने ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *