कांग्रेसको नेतृत्वमा बन्न लागेको ‘खिँचडी सरकार’ : को-को सहभागी होलान् ?

काठमाडौँ । निर्वाचनको मत परिणाम अन्तिम चरणमा पुगेको छ । दोलखा, स्याग्जा र बाजुराको मत गणना भइरहेको छ । यो खबर तयार पार्दासम्म समानुपातिकतर्फको ३ लाख मत मात्र अब गन्न बाँकी छ ।

नेपाली कांग्रेस ठूलो दल बन्ने पक्का भइसकेको छ । प्रत्यक्षतर्फ कांग्रेसले ५५ सिट जितिसकेको छ । समानुपातिकतर्फ पनि कांग्रेसको ३२ सिट आउने देखिन्छ । गणना भइरहेकोमा तीन क्षेत्रमध्ये दुई क्षेत्रमा कांग्रेसले अग्रता लिइरहेको छ ।

यसरी हेर्दा समानुपातिक र प्रत्यक्ष गरी कांग्रेसले ९० सिट ल्याउने देखिन्छ । एमाले समानुपातिक मतमा कांग्रेसभन्दा ठूलो बनेको छ, तर प्रत्यक्षमा ४४ सिटमात्र जितेको छ । एमालेको अहिलेसम्म आएको समानुपातिक मतको आधारमा ३४ सिट ल्याउने देखिन्छ । एमालेको ७८ सिटको हाराहारीमा आउने देखिन्छ ।

एमाले दोस्रो ठूलो दल रहने पक्का भएको छ । तेस्रो ठूलो दलमा नेकपा माओवादी केन्द्र रहने पक्का छ । माओवादी केन्द्रले प्रत्यक्षतर्फ १७ सिट जितृृेको छ भने समानुपातिकतर्फ १४ सिट पाउने पक्का भएको छ । यसरी हेर्दा माओवादी ३१ सिटमा चित्त बुझाउने भएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीले ७ सिट जितेको छ भने समानुपातिकतर्फ १४ सिट ल्याउने मत ल्याइसकेको छ । एकीकृत समाजवादी राष्ट्रिय पार्टी बन्न कोशिस गर्दैछ, तर अहिलेसम्मको मतलाई हिसाब गर्दा उसले अझै राष्ट्रिय पार्टी बन्न समानुपातिकतर्फ २० हजार मत कटाउनुपर्ने छ । यद्यपी समानुपातिकको मत गणना जारी छ ।

प्रत्यक्षतर्फ १० सिट एकीकृत समाजवादीले जितेको छ । राप्रपाले प्रत्यक्षमा ७ सिट र समानुपातिकबाट पनि ७ सिट नै ल्याउने देखिएको छ । जसपाले प्रत्यक्षमा ५ सिट र समानुपातिकतर्फ ७ सिट आउने देखिन्छ । सिके राउत नेतृत्वको पार्टीले प्रत्यक्षमा १ र समानुपातिकतर्फ ५ सिट ल्याउने देखिन्छ । यसरी हेर्दा कुनै पनि दलले बहुमत नल्याएपछि दलहरु मिलेर संयुक्त सरकार बन्ने भएको छ । कांग्रेस अहिलेको ठूलो दल भएकाले उसले आफ्नो नेतृत्वमा नयाँ सरकार बनाउने गृहकार्य सुरु गरिसकेको छ ।

अहिलेको सत्तारुढ दलको बहुमत नपुग्ने अवस्था सिर्जना हुने देखेपछि प्रधानमन्त्री शेरबहादुर देउवा अन्य दलको साथ खोजिरहेका छन् । एकीकृत समाजवादी राष्ट्रिय पार्टी बन्न मुस्किल भइरहेको बेला देउवाले सारथी खोजिरहेका छन् ।

यहीक्रममा देउवाले राष्ट्रिय जनमत पार्टीका अध्यक्ष सिके राउतसँग भेट गरेका छन् । सिके राउतको पार्टीलाई मिलाएर देउवाले बहुमत पुराउने दाउ गरिरहेका छन् । बहुमतको सरकार बनाउन १३८ सिट चाहिन्छ । नेपाली कांग्रेस, माओवादी केन्द्र, जनमोर्चा र एकीकृत समाजवादी पार्टी मिलेर बहुमत पुग्ने अवस्था देखिँदैन । पहिलेको सत्तागठबन्धनबाट जनता समाजवादी पार्टी बाहिरीसकेको छ ।

सजिलै गरी अहिलेको गठबन्धनलाई बहुमत पुग्ने संकेत मिलिरहेको छैन । कांग्रेसले ठूलो दलको हैसियतले आफ्नो नेतृत्वमा सरकार बनाउन खोजिरहेको छ । यस्तो बेलामा कांग्रेसलाई चार दलसहित अर्को थप दलको सहयोग भए बल्ल बहुमत पुग्ने देखिन्छ ।

एमाले, माओवादी र अन्य दलबीचको सहकार्यमा कांग्रेसले मुस्किलले ‘खिँचडी सरकार’ बनाउन सक्ने देखिएको छ । यसका लागि कांग्रेसले गृहकार्य गरिरहेको छ । कांग्रेसको नेतृत्वमा रहेको सत्ता गठबन्धनलाई बहुमत जुटाउन कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लागिरहेका छन् । कुन शक्तिलाई मिलाएर हुन्छ सरकार बनाउन यी दुई नेता निरन्तर छलफलमै छन् । रेशम चौधरीको नेतृत्वको नागरिक उन्मुक्ति पार्टीलाई फकाउनेदेखि सीके राउतले नेतृत्व गरेको जनमत पार्टीलाई गठबन्धनमा ल्याउनेसम्मका प्रयासमा प्रचण्ड र देउवा लागिरहेका छन् ।

हालसम्मको निर्वाचन परिणाम हेर्दा सरकार बनाउन सत्ता गठबन्धनलाई एमालेभन्दा सहज देखिएको छ, तर सरकार भने सबै दललाई मिलाएर बनाउनुपर्दा ‘खिँचडी सरकार’ बन्ने देखिएको छ ।
चार दलसँग बहुमत नपुग्ने भएपछि प्रधानमन्त्री शेरबहादुर देउवाका विश्वासपात्र विमलेन्द्र निधिले जनमत पार्टीका अध्यक्ष सिके राउतलाई भेटघाट गरे । उनले आफूलेमात्र भेटेनन्, राउतलाई शेरबहादुर देउवासँग पनि भटे गराए ।

। हीबार बालुवाटारस्थित निवासमा अध्यक्ष राउत र प्रधानमन्त्री देउवाबीच भेटवार्ता भएको छ। भेटमा सत्ता गठबन्धनमा जनमत पार्टी पनि संलग्न हुने सहमति भएको कांग्रेस नेता विमलेन्द्र निधिले बताएका छन् । उनी भन्छन्, ‘अहिलेको गठबन्धनमा बहुमत पुग्न सम्भावना कम भएपछि निश्चितरुपमा अरु दललाई पनि गठबन्धनभित्र ल्याउन पर्ने भएपछि हामीले जनमत पार्टीलाई आग्रह गरेर भेटघाट गरेका छौँ, सकारात्मक कुराकानी भएको छ, उहाँ आउनुहुन्छ ।’ उनले नेपाली कांग्रेसकै नेतृत्वमा नयाँ सरकार बन्ने बताए ।

नेता राउतको भेट नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग पनि भएको छ । प्रचण्डसँग पनि नेता राउतको सरकारमा सहभागी भएर अघि बढ्ने सहमती भएको माओवादी केन्द्रले जनाएको छ । यस्तै, गृहमन्त्री बालकृष्ण खाँड र नेता राउतबीच भेटघाट भएको छ । आगामी दिनमा सहमति र सहकार्य गरेर अघि बढ्ने भन्नेमा नै छलफल भएको बुझिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *