पाँच वर्षमा बागलुङको पश्चिम क्षेत्रमा विकासका ढोका खोलिनेछन् : देवेन्द्र पौडेल

गलकोट । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले निर्वाचनमा जनतासँग गरेको वाचा आगामी पाँच वर्षमा पूरा गर्ने गरी आफू काममा लाग्ने बताएका छन् ।

नवनिर्वाचित प्रतिनिधिसभा सदस्यसमेत रहनुभएका मन्त्री पौडेलले आफ्नो निर्वाचन क्षेत्र बागलुङको ढोरपाटन नगरपालिकाका मतदातालाई धन्यवाद दिँदै पाँच वर्षमा जनतासँग गरेको विकास र समृद्धिको वाचा पूरा गर्ने बताएका हुन् ।

उनले निर्वाचनमा आफूले सार्वजनिक गरेका विकास र समृद्धिका योजनालाई पाँच वर्षमा पूरा गर्न हदैसम्मको प्रयासमा लाग्ने बताए ।

‘अधुरा काम पूरा गर्दै नयाँ विकासे आयोजना थप गर्ने छु, आगामी पाँच वर्षमा जनताको आधारभूत विकास शिक्षा, स्वास्थ्य, खानेपानी र सडकजस्ता योजना हदैसम्म सफल बनाइने छ’, मन्त्री पौडेलले भने, ‘पाँच वर्षमा बागलुङको पश्चिम क्षेत्रमा धेरै विकासका ढोका खोलिनेछन् ।’

उनले अबको केन्द्रीय र प्रदेश सरकारसमेत अहिलेको गठबन्धबाटै बन्ने जिकिर गर्नुभयो । चुनावपछि जनताको साझा प्रतिनिधि भएको उल्लेख गर्दै मन्त्री पौडेलले पूर्वाधार विकासमा समान वितरण प्रणली लागू गरिने जानकारी दिए ।

उनले ढोरपाटन–साल्झण्डी सडक निर्माणलाई तीव्रता दिने, केन्द्रीय प्रसारण लाइनलाई विस्तार गरिने, आफ्नो क्षेत्रका ठूला सडकमा पक्की पुल निर्माण गर्ने र ढोरपाटनको आलुलाई प्रवद्र्धन गर्ने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *