प्रकाशमानले मेलम्ची पुगेर भने, ‘तलबभत्ता नपाएको गुनासा सम्बोधन हुनुपर्छ’

काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले मेलम्ची पुगेर कर्मचारीहरुले तलबभत्ता नपाएको गुनासा सम्बोधन हुनुपर्ने बताएका छन् ।
मेलम्ची खानेपानी आयोजनामा काम गरेका कर्मचारीहरुले तलबभत्ता नपाएको गुनासो गरेको भन्दै उनीहरुका गुनासा सम्बोधन हुनुपर्ने बताएका छन् । उनले मेलम्चीवासीका समस्या पनि सरकारले सम्बोधन गर्नुपर्ने उनले बताए ।
मेलम्चीको व्यवस्थापन पनि कामचलाउ ढंगले मात्र भएको आफूले पाएको बताउँदै उनले भने, ‘कर्मचारीहरुले तलब पाएका छैनन् । क्राइसिसको समयमा काम गर्ने कर्मचारीले समयमा तलब पाउनुपर्छ । व्यवस्थापनमा पनि कामचलाउ तवरले मात्रै चलिरहेको देखियो । यसलाई म्यानेज गर्नुपर्छ । मेलम्ची खानेपानी वितरण बोर्डलाई के गर्ने त्यसको निर्णय हुनुपर्छ ।’
मेलम्ची खानेपानी वितरण बोर्डलाई गत आर्थिक वर्षको बजेटबाट नै रद्ध गरिएका कारण कर्मचारीहरुले तलब पाउन नसकेको भन्दै उनले बोर्डलाई के गर्ने भन्नेबारे सरकारले निर्णय लिनुपर्ने बताए ।








