अव्यवस्थित बस्ती तत्काल नहटाउन राष्ट्रिय भूमि आयोगको निर्देशन

काठमाडौँ । राष्ट्रिय भूमि आयोगले तत्काल कुनै पनि सुकुम्बासी बस्ती नहटाउन निर्देशन दिएको छ । आयोगले शुक्रबार एक सूचना जारी गरी यस्तो निर्देशन दिएको हो ।

अव्यवस्थित बस्ती व्यवस्थापनका लागि स्थानीय तहहरूसँगको सहकार्यमा आयोगले काम गरिरहेको भन्दै आफूखुसी त्यस्ता बस्ती नहटाउन निर्देशन दिएको हो ।

बागमती सभ्यता एकीकृत विकास समिति र काठमाडौँ महानगरपालिकाको समन्वयमा महानगरपालिकाले अव्यवस्थित सुकुम्बासी बस्ती हटाउन थालेपछि यस्तो आयोगले यस्तो निर्देशन दिएको हो ।

आयोगले स्थानीय तहसँग कार्य सहमति पत्रमा हस्ताक्षर भई भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको व्यवस्थापन गर्न लगत संकलन सम्बन्धी ३५ दिने सूचना प्रकाशित गरिएको पनि जनाएको छ ।

निर्वाचन आचारसंहिताका कारणले यो काम तत्काल ढिला भएको पनि आयोगले जानकारी सूचनामार्फत जनाएको छ ।

लगत संकलन, प्रमाणीकरण, निस्सा वितरण, जग्गा नापजाँच र लालपुर्जा वितरणसम्बन्धी सम्पूर्ण कार्यहरू तत्काल सञ्चालन गर्ने गरी आवश्यक तयारी गर्न र लगत संकलन र प्रमाणीकरणको कार्य सम्पन्न नभएसम्म काठमाडौं महानगरपालिकासहित सम्पूर्ण स्थानीय तहहरू र सबै सरकारी तथा गैरसरकारी निकायहरूलाई कुनै पनि स्थानका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरूका बस्ती हटाउने र उनीहरू असुरक्षित हुनेगरी कुनै पनि कार्य नगर्न/नगराउन आयोगले निर्देशन दिएको सूचनामा जनाइएको छ।

यस्ताे छ सूचना 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *