प्रचण्डको सचिवालयले भन्यो- ‘उत्साहजनक नतिजा आएन, बधाई दिन खुमलटार नआउनू’

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयले बधाई दिन निवास खुमलटारमा नआउन भनेको छ । प्रचण्डका स्वकीय सचिव रमेश मल्लले बधाई तथा शुभकामना दिन खुमलटारमा नआउन भनेका हुन् ।

बधाई तथा शुभकामनाका नाममा हुने भड्किलो खर्च रोक्न यस्तो गरिएको मल्लको भनाई छ । ‘एकातिर उत्साह हुने परिणाम आएको छैन । अर्कातिर भड्किलो खर्चसमेत भएको छ,’ उनले सामाजिक सञ्जाल लेखेका छन्, ‘दैनिक काममा समेत असर पर्ने भएपछि हामीले बधाई दिनको लागि नआउन भनेको हो ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 1 =