खुमलटारमा प्रचण्ड-सिके राउत बधाई साटासाट

काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. सीके राउत नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न खुमलटार पुगेका छन् ।

भेटमा दुई नेताबीच शुभकामना आदानप्रदान भएको र आगामी दिनमा सहकार्यबारे छलफल भएको प्रचण्डको सचिवालयले जनाएको छ । बिहीबार नै राउतले प्रधानमन्त्री शेरबहादुर देउवा तथा गृहमन्त्री बालकृष्ण खाँणसँग भेटवार्ता गरेका छन् ।

यसअघि उनले कांग्रेस नेता विमलेन्द्र निधिसँग छलफल गरेका थिए । सत्तारुढ गठबन्धनले राउतलाई नयाँ सत्ता समीकरणमा समावेश गर्ने प्रयास गरिरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *