संसदीय दलको नेतामा देउवाको विकल्प छैन : उपसभापति खड्का

काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले सदीय दलको नेतामा सभापति शेरबहादुर देउवाको विकल्प खोज्नु सम्भव नभएको बताएका छन् । उनले कांग्रेस संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवाको विकल्प नरहेको बताए ।
बिहीबार कांग्रेस नेता कृष्णप्रसाद भट्टराई आश्रम बाँडेगाउँमा भट्टराईको शालिकमा श्रद्धाञ्जली अर्पण गर्न पुगेका उनले भने, ‘सीधा कुरा छ, नेपाली कांग्रेसका सभापति, प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा हामी निर्वाचनमा होमिएका छौं । सत्ता गठबन्धन होमिएको छ । विशेषगरी कांग्रेस पार्टी उहाँकै नेतृत्वमा अगाडि बढेको छ । सभापति शेरबहादुर देउवाले संसदीय दलको नेताको चाहना राख्ने कुरा अगाडि आएपछि त्यसमा अहिलेको बेलामा धेरै दायाँ बायाँ कुरा गरिराख्नुपर्छ जस्तो मलाई लाग्दैन’
उपसभापति खड्काले कांग्रेस संसदीय दलको नेता सर्वसम्मत रुपले चयन गर्नुपर्ने र त्यसको वातावरण बनाउन आफू पनि क्रियाशील हुने बताए । कांग्रेसमा महामन्त्री गगन थापाले आफू संसदीय दलको चुनवा लड्ने बताइसकेका छन् ।








