निहारिकाको मुद्दामा बहस नसकिएपछि हेर्दाहर्दैमा, २१ गतेका लागि पेशी तोकियो

जनकपुरधाम । कुमारी आमा निहारिका राजपुतको मुद्दामा आज उच्च अदालत जनकपुरमा बहस नसकिएपछि हेर्दाहर्दैमा राखेको छ ।

अदालतका न्यायाधीशद्वय भोजराज अधिकारी र डालकुमार खड्काको संयुक्त इजलासमा निहारिकाको मुद्दाको सुनवाई आज सुरु भयो । तर बहस नसकिएकाले हेर्दाहेर्दैमा राखेर मंसिर २१ गतेका लागि पेशी तोकिएको अदालतका सूचना अधिकारी नुतन झाले जानकारी दिइन् ।

बलात्कार पश्चात गर्भवती भएको र गर्भ तुहाउन दबाब दिए पनि बच्चा जन्माएको निहारिका बताउँछिन् । बलात्कार आरोपी शिवराज श्रेष्ठमाथि उनी मुद्दा दायर गरेपछि जिल्ला अदालतले श्रेष्ठलाई सफाइ दिएको थियो ।

अदालतले घुस खाएर श्रेष्ठलाई सफाइ दिएको भन्दै निहारिका लामो समय आन्दोलन गरिन् । उनी काठमाडौंमा महिनौँसम्म धर्ना र राष्ट्रपति कार्यालय अगाडी आत्मदाहको प्रयाससम्म गरेकी थिइन् ।

निहारिकाले जन्माएको छोरा र आरोपी श्रेष्ठको डीएनए टेष्टको माग राखेकी थिइन् । लामो आन्दोलनपछि सरकारी वकिलले उच्च अदालत जनकपुरमा डीएनए टेष्ट गराउन आदेश दिएको थियो । उनीहरुको डीएनए टेष्ट पनि म्याच भइसकेको छ ।

डीएनए परीक्षण भइसकेपछि आज उच्च अदालत जनकपुरमा उक्त मुद्दाको सुनुवाई सुरु भयो । तर बहस नसकेपछि मंसिर २१ गतेका लागि पेशी तोकिएको छ । उक्त दिन सम्भवतः मुद्दाको अन्तिम फैसला आउने सम्भावना छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *