बाबुरामको चेतावनी- ‘सुकुम्वासीहरूको संवेदनशील प्रश्नमाथि कसैले छुद्र राजनीति नगरौँ’ 

काठमाडाैँ । पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले काठमाडौँ उपत्यकाका सुकुम्वासी समस्या समाधान गर्न सबै सरकारी निकायले सहकार्य गर्नुपर्ने बताएका छन् । त्यसका लागि नागार्जुन नगरपालिकामा बनाइएको अपार्टमेन्ट उत्तम विकल्प भएको उनको भनाइ छ ।

‘आवासविहीन कुम्वासीहरूको संवेदनशील प्रश्नमाथि कसैले छुद्र राजनीति नगरौँ  । मेरो पालामा सुरु भएको काठमाडौँ उपत्यकाका सुकुम्वासी र न्यून आय भएका नागरिकहरूको आवास व्यवस्थासम्बन्धी सरकारी निर्णय र भवन निर्माणका कार्यमा टेकेर यो समस्या दीर्घकालीन रूपले समाधान गर्न राज्यका सबै अङ्गले सहकार्य गरून्,’ मंगलबार उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘मेरो पालामा झैँ तत्कालै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले संयोजन गरेर यो मामिलामा सहजीकरण गर्दा हुन्छ । नत्र निहित स्वार्थ बोकेका शक्तिहरू, कर्मचारीतन्त्र र सङ्घ, प्रदेश र स्थानीय तहले कार्यक्षेत्रको रडाको गरेर विषय गिजोलिन र बिथोलिन सक्छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − fourteen =