ओलीलाई मेयर बालेनले भने सुकुम्वासीले भोगेको ३२ वटा जाडो नदेख्ने, अहिले मलाई दोष दिने

काठमाडौँ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले मंगलबार नेकपा अध्यक्ष केपी शर्मा ओलीले सुकुम्वासी बस्ती प्रति दिएको अभिव्यक्ति माथि आपत्ति जनाएका छन् । उनले सामाजिक सञ्जाल मार्फत आपत्ति जनाएका हुन् ।

 

मेयर बालेन भन्छन्:

सम्माननीय पुर्वप्रधानमन्त्री केपी ओलीज्यू,
अधिकार सम्पन्न बागमती सभ्यताको आग्रह र समन्वयमा काठमाडौँ महानगरले आफ्नो जिम्मेवारी पुरा गर्दै गरेको कार्यप्रति तपाईँको धारणा थाहा पाएँ । तपाई बाट नै यस्तो धारणा आउनु सामान्य विषय हो । किनभने, २०४७ यता १४ वटा आयोग गठन हुँदा पनि काठमाण्डौको सुकुम्वासी समस्या समाधान गर्न सक्नु भएन । मन्त्री र पटक पटक त्यो पनि दुई तिहाइको सरकारको प्रधानमन्त्रीसम्म हुनु भयो तर सुकुम्वासीले भोगेको ३२ वटा जाडो देख्नु भएन । सुकुम्वासीहरू तपाईका लागि भोट बैङ्क मात्रै रहे । बरु तिनलाई गुठी आन्दोलन जस्ता आफ्नो स्वार्थ विपरीतका कुराहरूमा प्रयोग गर्नु भयो । त्यो पनि राजनीतिक स्वार्थवश् । तपाईँलाई जनता, नदीनाला र नेवा सभ्यताको त्यत्रो माया भएको भए तपाईँको नेतृत्वमा लुँहिटी (सुनधारा) सक्काएर सेतो टावर किन ठड्याउनु भयो ? हनुमान ढोकाको पुनर्निर्माणमा नेवा सभ्यताको मौलिकता नासेर विदेशीलाई निर्माण गर्न दिने कार्यलाई कसरी अगाडी बढाउनु भयो ? यी सबै हेर्दा नेवा सभ्यता जोगाउने, नदिक्षेत्रको अतिक्रमण रोक्ने कार्यको तपाईँले विरोध गर्नु असामान्य होइन ।
तर अब परिस्थिति फेरिएको छ । यसैले सकेको सहयोग गर्नुहोला तर कसैका विरुद्धमा कसैलाई प्रयोग गर्ने कुचेष्टा नगर्नुहोला ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *