देश दक्षिणपन्थी बाटोमा जानसक्छ, सतर्क हुनुपर्छ : अध्यक्ष नेपाल

काठमाडाैँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले देश दक्षिणपन्थी बाटोमा जान सक्ने देखिएकाले सतर्क रहनुपर्ने बताएका छन् ।

मंगलबार पार्टी कार्यालय तीनकुनेमा सञ्चारकर्मीसंग कुरा गर्दै अध्यक्ष नेपालले निर्वाचनको परिणामपछि मुलुक देश दक्षिणपन्थी बाटोमा जान सक्ने देखिएकाले गम्भीर हुनुपर्ने र सतर्क रहनुपर्ने बताएका हुन् । अहिलेको अवस्थामा गठबन्धन दलहरुसंगको सहकार्यलाई अघि बढाएरै लानुपर्ने उनको भनाइ छ ।

त्यस्तै अध्यक्ष नेपालले निर्वाचनका क्रममा इलाममा विसङ्गतिहरु देखिएको र पुन मतदानको लागि कानुनी बाटोमा जाने बिषयमा पार्टीभित्र छलफल भएको समेत जानकारी दिए ।

त्यस्तै निर्वाचनको परिणामलाई पनि पार्टीले गम्भीर रुपमा हेरिरहेको उनले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *