एमसीसीअन्तर्गत प्रसारण लाइन र सबस्टेशन निर्माणको टेन्डर आह्वान

काठमाडौँ । अमेरिकाको सरकारी निकाय मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)को आर्थिक सहयोगमा निर्माण हुने भनिएको प्रसारण लाइन तथा सबस्टेशन परियोजना निर्माणका लागि टेण्डर आह्वान भएको छ । उक्त सहयोग रकम परिचालन गरी कार्यान्वयन गर्ने नेपाल सरकारको निकाय मिलिनियम च्यालेञ्ज एकाउन्ट नेपाल (एमसीए)ले उक्त परियोजनाको विद्युत्तर्फको पूर्वाधार निर्माणका लागि खरिद सम्झौताका लागि टेण्डर आह्वान गरेको हो ।

एमसीए नेपालले विद्युत्तर्फका परियोजनालाई ३ ओटा प्याकेज बनाएर ठेक्का लगाउन टेण्डर आह्वान गरेको हो । उक्त प्याकेज अन्तर्गत रातमाटे–दमौली र नयाँ बुटवल, लप्सिफेदी–रातोमाटे–नयाँ हेटौँडा र नयाँ दमौली ( नयाँ बुटवल खण्ड बनाएर टेन्डर आह्वान गरेको हो ।

उक्त तीनओटै खण्डको प्रसारणलाइनको कुल लम्बाई कूल ३१२ किलोमिटर छ । यो लाइन ४०० केभि क्षमताको हुने छ । त्यस्तै, यी लाइनमा पर्ने सबस्टेशनको क्षमता पनि ४०० केभिएको हुने छ ।

यो विद्युत् पूर्वाधार परियोजना १० जिल्लाका ३० पालिका र ९२ वडा भएर जान्छ । परियोजना अन्तर्गत नै नेपाल–भारत अन्तरदेशीय प्रसारण लाइन निर्माणका लागि बुटवलसम्म पूर्वाधारको व्यवस्था हुने छ ।

एमसीसीले उपलब्ध गराउने ५० करोड अमेरिकी डलर र नेपाल सरकारले त्यसमा लगाउने १३ करोड अमेरिकी डलर गरी कुल ६३ करोड अमेरिकी डलरमा यी परियोजना निर्माण हुनेछन् । यसैअन्तर्गत सडक पूर्वाधार परियोजना पनि रहेको छ ।

सोमबार खोलिएको टेण्डरमा प्रस्ताव पेश गर्ने म्याद २०२३ को मार्च २३ सम्म छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *