मेलम्चीको पानी काठमाडौँमा पुनः वितरणको तयारी

काठमाडौँ । मेलम्ची खानेपानी परियोजनाले काठमाडौँ खानेपानी वितरणको पुनः तायरी गरेको छ । यसका लागि आयोजालेृ सोमबारदेखि सुरुङमा पानी भर्न सुरु गरेको छ । सिन्धुपाल्चोकमा रहेको आयोनजाको हेडवक्र्स(बाँध)बाट काठमाडौँमा पानी ल्याउन २६ किलोमिटर लामो सुरुङमा पानी भर्न सुरु गरिएको हो ।

२०७८ को असारमा आएको बाढी र पहिरोले क्षतिग्रष्ट आयोजनाको हेडवक्र्स र सुरुङमा पुरिएका सामान तथाअवरोध हटाएर अस्थायी रुपमा पानी काठमाडौँ ल्याउन लागिएको हो । गत असारमा बाढीले क्षति नपुर्याओस् भनेर सुरुङको ढोका बन्द गरिएको थियो ।

आयोजनाको दीर्घकालीनरुपमा मर्मत गर्न एशियाली विकास बैंकले अध्ययन गरेकामा त्यसको प्रारम्भिक प्रतिवेदन यसअघि समितिलाई दिएको थियो । त्यसको अन्तिम प्रतिवेदन डिसेम्बरसम्ममा आएपछि नै योजनाबद्धरुपमा मर्मत र सुधारको काम अघि बढाउन सकिने आयोजनाले जनाएको छ ।

दुई दशकमा निर्माण पूरा भएको आयोजनाबाट २०७७ फागुनदेखि काठमाडौँमा पानी वितरण सुरु भएको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *