मौद्रिक नीतिको त्रैमासिक समीक्षा : बैंकको नाफामा अंकुश, ब्याजदर नबढ्ने (पूर्णपाठसहित)

काठमाडौँ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीतिको त्रैमासिक समीक्षा सार्वजनिक गरेको छ । चालू वर्षको पहिलो त्रैमासिक समीक्षा केन्द्रीय बैंकले आइतबार सार्वजनिक गरेको हो ।

उक्त समीक्षा अनुसार बैंकहरूको प्रिमियम घटाउन केन्द्रीय बैंकले नयाँ व्यवस्था गरेको छ । अब वित्तीय बजारमा ब्याजदर नबढ्ने प्रतिवद्धता गर्दै राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूले लिँदै आएको प्रिमियम घटाउन स्प्रेडदर घटाएको छ ।

कर्जा र निक्षेपबीचको ब्याजदर अन्तर (स्पे्रेड दर) घट्दा कर्जाको ब्याजदर घट्ने अपेक्षा केन्द्रीय बैंकको छ । वाणिज्य बैंकहरूको औसत ब्याजदर अन्तर ४.४ प्रतिशतबाट ४ प्रतिशत तथा विकास बैंक र वित्त कम्पनीको औसत ब्याजदर अन्तर ५ प्रतिशतबाट ४.६ प्रतिशत कायम गर्नुपर्ने व्यवस्था गरिने केन्द्रीय बैंकले व्यवस्था गरेको छ ।

यसबाट बैंक तथा वित्तीय संस्थाहरुले कर्जाको ब्याजदर तय गर्दा लिने प्रिमियम दर घट्न गई कर्जाको ब्याजदरमा समेत सन्तुलन आउने अपेक्षा राष्ट्र बैंकले गरेको छ । प्रिमियमसम्बन्धी व्यवस्थाको नियमित अनुगमन गरिने उनले बताए ।

त्यस्तै वित्त बजारको ब्याजदर थप बढ्न नदिने व्यवस्था समेत राष्ट्र बैंकले गरेको छ ।

त्यस्तै, केन्द्रीय बैंकले चालु पुँजी कर्जा सम्बन्धी मार्गदर्शन संशोधन गर्ने नेपाल राष्ट्र बैंकले घोषणा गरेको छ । बैंक तथा वित्तीय संस्थाबाट चालु कर्जा मार्गदर्शन गर्न राष्ट्र बैंकलाई सल्लाह सुझाव दिएपछि राष्ट्र बैंकले उक्त व्यवस्था संशोधन गर्न लागेको हो ।

नेपाल राष्ट्र बैंकले तोकिएको प्राथमिकता प्राप्त क्षेत्रमा कर्जा प्रवाह नगर्ने बैंक तथा वित्तीय संस्थालाई हर्जना तिराउने भएको छ । राष्ट्र बैंकले आगामी आव २०८० देखि तोकिएको क्षेत्रमा कर्जा प्रवाह नगर्ने बैंकलाई हर्जना तिराउने व्यवस्था गरेको हो । बैंक वित्तीय संस्थाले  तोकिएको क्षेत्रमा कर्जा प्रवाह नगरेमा २०८० असार मसान्तको आधारमा २०८० पुसदेखि हर्जाना गणना गर्ने व्यवस्था मिलाउने जनाएकाे छ ।

नेपाल राष्ट्र बैंकले लघुवित्तले पनि अब आधारदर अनिवार्य प्रकाशन गर्नुपर्ने व्यवस्था गरेको छ ।

यस्तो छ पूर्णपाठ

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *