झापा ४ : कांग्रेसका देउमानलाई हराउदै एमालेका एलपी विजयी

काठमाडौँ । झापा क्षेत्र नं ४ मा नेकपा एमाले विजयी भएको छ । एमाले उम्मेदवार एलपी साँवा लिम्बु विजयी हुन् ।

उनले २९ हजार ३१५ मत ल्याउँदै निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार देउमान थेबेलाई हराए । थेबे नेपाली कांग्रेस झापा जिल्ला कमिटीका अध्यक्षसमेत हुन् ।

साँवा २०७४ सालको निर्वाचनमा पनि यही क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।

राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार शम्भुप्रसाद ढकालले १४ हजार ४९ मत ल्याएका छन् भने स्वतन्त्र उम्मेदवारी दिएकी खुश्बु ओलीले ५ हजार १० मत ल्याएकी छन् ।

ढकाल पूर्वप्रहरी हुन् भने खुश्बु पूर्वमिस टिन नेपाल हुन् । उनी सामाजिक कार्यमा सक्रिय छिन् ।

झापा ४ मा ७८ हजार ४८३ मत खसेकोमा ४ हजार ६४७ मत बदर भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen + 1 =