जुम्लाबाट ज्ञानेन्द्र शाही दोब्बर मतले विजयी

काठमाडौँ । राप्रपा प्रवक्ता ज्ञानबहादुर शाही (ज्ञानेन्द्र) जुम्लाबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । भर्खरै सक्किएको गणनाअनुसार उनी २२ हजार ८ सय १९ मत प्राप्त गरी विजयी भएका हुन् ।

उनकी निकटतम प्रतिद्वन्द्वी वाम लोकतान्त्रिक गठबन्धनको तर्फबाट माओवादी केन्द्रकी उम्मेदवार गोमा गौतम कुँवरले ११ हजार ९ सय ५९ मत प्राप्त गरेकी छन् । त्यहाँ नेकपा एमालेका उम्मेदवार रतननाथ योगीले ६ हजार ५ सय २८ मत प्राप्त गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *