बर्दिया-२ : रेशम चौधरीका बुबा लालवीर चौधरी स्वतन्त्रबाट विजयी
२०७९ मंसिर ७ गते

मधुवन । बर्दिया क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्यका लागि स्वतन्त्र उम्मेदवार लालवीर चौधरी विजयी भएका छन् । गठबन्धनबाट नेकपा माओवादी केन्द्रका सुरेश पन्थलाई एक सय ३६ मतले पछि पार्दै उनी विजयी भएका छन् । चौधरीले २६ हजार पाँच सय २० मत ल्याएर विजयी हुँदा निकटतम प्रतिद्वन्द्वी माओवादीका पन्थले २६ हजार तीन सय ८४ मत प्राप्त गरे ।
यसैगरी नेकपा एमालेका पङ्कजसिँह राठौरले १६ हजार ९० मत प्राप्त गरे । भने राप्रपाका विनय रावलले १३ हजार दुई सय ९२ मत प्राप्त गरे । विजयी चौधरी रेशम चौधरीका बुबा छन् । रेशमको उम्मेदवारी खारेजी भएपछि नागरिक उन्मुक्ति पार्टीले स्वतन्त्रमा उम्मेदवारी दिए । क्षेत्र नं.२ मा एक लाख ५२ हजार ६२ मतदाता रहेकामा ९२ हजार एक सय ९९ मत खसेको थियोे भने पाँच हजार तीन सय ८७ मत बदर भएको निर्वाचन कार्यालयले जनाएको छ ।
२०७९ मंसिर ७ गते
प्रतिक्रिया
सम्बन्धित








